साझा पार्टीका कोष विभाग प्रमुख र केन्द्रीय सदस्यले पार्टी छाडे

काठमाडौँ । साझा पार्टीकी केन्द्रीय सदस्य तथा कोष संकलन विभाग प्रमुख मानवी पौडेल र अर्का केन्द्रीय सदस्य सिद्धि अर्यालले पार्टी छाडेका छन् ।

पार्टीको साधारण सदस्य समेत नरहने गरी उनीहरु पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

Advertisement

पौडेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘साझा पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यबाट अलग हुने निर्णय गरेको छु। पार्टीको संस्थापन काल देखिको राजनीतिक यात्रा मेरो जीवनको अविस्मरणीय कालखण्ड रहने छ। पार्टीमा रहँदाका सदस्य, सहकर्मी साथिहरू र अग्रज नेताहरू सबैमा सहयोग र मार्गनिर्देशका लागि हार्दिक आभार व्यक्त गर्दछु।’ पार्टी छाड्नुको कारण भने उनले खुलाएकी छैनन्।

अर्यालले पनि ट्विटरमार्फत साझा पार्टीलाई शुभकामना दिँदै पार्टीमा नरहेको जनाएका छन् ।

More News last news
Loading...