भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

काठमाडौँ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ।

केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्रस अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Advertisement

उनी भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री हुन् ।

५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतका प्रमुख दलित नेता मानिन्थे । पासवान ८ पटक लोकसभा सदस्य र अहिले राज्यसभा सदस्य थिए ।

More News last news
Loading...