वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त

काठमाडौँ । नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिम प्रकाश पौडेल नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले ४ वर्षका लागि पौडेललाई निगमको प्रमुखमा नियुक्त गरेको हो।

Advertisement

पौडेल निगमकै सञ्चालक समिति सदस्य हुन्। सरकारले उनलाई असारमा निगम सञ्चालक नियुक्त गरेको थियो।

पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन्। निगमको महाप्रबन्धक हुने भएपछि उनले केही दिनअघि बतास अर्गनाइजेसनको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए।

निगममा पूर्वसचिव सुशील घिमिरे कार्यकारी अध्यक्षका रूपमा कार्यरत थिए। अब उनी अध्यक्षको भूमिकामा रहने छन्।

More News last news
Loading...