काठमाडौँ । बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजा ६८४ पुगेको छ।
जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको प्रुेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर ३ हजार ४३९ संक्रमित थपिएको जानकारी दिए।
उनका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन्।
यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको गौतमले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
