अमेरिकामा छुरी देखाएर बैंक लुट्ने एक नेपाली पक्राउ

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यमा महामारीको समयमा छुरी देखाई बैंक डकैत गर्ने नेपाली पक्राउ परेका छन् ।

मेरिल्याण्ड राज्यको मोन्टगोमेरी काउन्टीका प्रहरीले गत मंगलबार अक्टोबर ६ का दिन छुरी प्रयोग गरि डकैत गरेकोमा उनलाई गिरफ्तार गरिएको जनाएका छन्।

Advertisement

३० बर्षीय सम्राट लामाले मेरिल्याण्ड राज्यको गेथसबर्ग स्थित फ्रेडेरिक एभेन्यु (मार्ग) मा बिहानै १० बजे डकैत गरेका थिए। लामाले कर्मचारीलाई बचत खाता खोल्छु भनेका थिए।

उनले त्यसपछि पुस्तक बोक्ने झोलाबाट चक्कु देखाई पैसा मागेका थिए। जव कमर्चारीले उनलाई पैसा दिए त्यसपछि उनले फोहोर टोकरीमा फ्याके। त्यसपछि उनी ड्राईभ थ्रु (झ्यालबाट) गएर अझ पैसा मागेको प्रहरीले जनाएको छ।

तर उनलाई तत्कालै बैँकको मूलद्वारबाटै प्रहरीहरुले पक्राउ परेको छ। लामालाई हातहतियारसहित डकैत, प्रथम श्रेणीको आक्रमण र दोश्रो श्रेणीको आक्रमणको आरोप लगाइएको राज्य अदालतको अभिलेखले जनाएको छ।

पक्राउ परेका लामा नोभेम्बर १३ तारिखका दिन दिन अदालत हाजिर हुने भएका छन्। (जिएनएनएन)

More News last news
Loading...