काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौँ उपत्यकाका छन्।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ। उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् । देशभर २५ हजार ७ संक्रिय संक्रमित छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
