काठमाडौँ । नेपालमा सक्रिय कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिएका हुन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ सय ३९ जनामा कोरोना भाइरस पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो।
देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौँ उपत्यकाका छन्।
सरकारले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्ने निर्णय गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
