काठमाडौँ । आज (बुधबार) बाट अमेरिकी डिभी चिठ्ठा खुल्ने भएको छ।
सन् २०२२ का लागि डिभी लोटरी अक्टोबर ७ देखि भर्न सकिने अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ।
न्युयोर्क समय अनुसार अक्टोबर ७ बुधबार अपरान्ह १२ बजेदेखि (नेपाली समय अनुशार बेलुका ९ः४५ बजेदेखि) नोभेम्बर १० अपरान्ह १२ बजेसम्म (नेपाली समय अनुशार बेलुका ९:४५ बजेसम्म) डिभी लोटरी भर्न सकिने छ।
एउटाभन्दा धेरै आवेदन भर्नेहरु डिभी कार्यक्रमका लागि अयोग्य हुने भएकाले एउटा व्यक्तिलाई एउटामात्र आवेदन दिन सुझाव दिइएको छ।
२०२२ को डिभी लोटरीका लागि नेपालीहरु योग्य हुनेछन् । तर बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, बेलायत र भियतनाम लगायतका देशका नागरिकहरु योग्य हुनेछैनन् ।

डिभी भर्नका लागि दर्जनबढी विवरणहरु चाहिन्छ
नाम, लिंग, जन्ममिति, जन्मस्थान, जन्मदेश, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, तत्काल खिचिएका फोटो, ठेगाना, आफू अहिले बस्ने देश, इमेल, फोन नम्बर, छोराछारीको विवरण लगायत आवश्यक पर्छ। अक्टोबर ७ देखि डिभी भर्नेहरुको नतिजा सन् २०२१ को मे ८ मा आउने जनाइएको छ।
गत बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो । पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
