नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

आजै थपिए १५ सय ५१

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा थप १५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० हजार नाघेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको जानकारी दिए ।

Advertisement

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र १०१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँ जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित भेटिएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको छ।

देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेको छ।

More News last news
Loading...