काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश नम्बर ५ को प्रदेश सभामा आफ्नो दलका सांसदले गरेको व्यवहार गलत भएको बताएका छन्।
ट्विटरमार्फत प्रवक्ता शर्माले कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत भएको बताए। उनले रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नास्छौँ भन्ने कम्युनिस्ट पार्टीलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उल्लङ्घनको स्वायत्तता नरहेको पनि बताए।
उनले गल्ती छोप्ने नभइ सच्याएर अघि बढ्ने पनि प्रतिबद्धता जनाए।
सोमबार प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका तीन सांसदले कुर्सी र टेबल तोडफोड गर्ने, माइक भाँच्ने लगायतका गतिविधि गरेका थिए।
उनीहरुले प्रदेश पाँचको प्रस्तावित राजधानी दाङको भालुवाङ फेर्नुपर्ने बताउँदै आएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
