काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति आजदेखि पुनः सुरु हुने भएको छ।
प्रवेशाज्ञाको अवधि सकिन लागेका वैदेशीक रोजगार सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले जनाएको छ।
कोरोना संक्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको थियो।
यसैबीच, वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ।
सबै सेवाग्राहीलाई कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सेवा लिन कार्यालयले आग्रह गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
