कम्युनिष्टलाई पीआर र नागरिकता नदिने अमेरिकाको घोषणा

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले अबदेखि कम्युनिष्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति नदिने भएको छ ।

अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने गरी एक नीति नै सार्वजनिक गरेको हो।

Advertisement

यूएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस) ले शुक्रबार घोषणा गरेको यस सम्बन्धी नीति अनुसार सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुने प्रष्ट पारिएको छ।

अमेरिकाले सार्वजनिक गरेको पछिल्लो नीति खासगरी चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यप्रति लक्षित रहेको विश्लेषण भइरहेको छ।

यद्दपी यो कानुनले अबदेखि कुनै पनि मुलुकका कम्युनिस्ट पार्टीका सदस्यले अमेरिकामा पीआर तथा नागरिकता नपाउने निश्चित गरेको छ।

 

More News last news
Loading...