मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगा प्रहार, प्रहरीद्वारा हवाई फायर

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगा प्रहार भएको छ।

काठमाडौँबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री सवार गाडी र उनको स्कर्टिङमा रहेका दुई वटा गाडीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेका हुन्।

Advertisement

ढुंगा प्रहार भएपछि पहिल्यैदेखि राजमार्ग चौराहामा तैनाथ प्रहरीले हवाई फायर गरेको थियो। ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा कांग्रेस युवा नेता एवं प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, सञ्चारकर्मी कमला पाण्डेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले जिल्ला बन्द गरेको छ। कडा सुरक्षाकाबीच मुख्यमन्त्री भैरहवाबाट बुटवल आउँदै गर्दा उनको गाडीमागि ढुंगा प्रहार भएको हो ।

More News last news
Loading...