नेपालमा कोरोना संक्रमितको संख्या चीनभन्दा धेरै

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चीनमा भन्दा बढी देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । जुन चीनमा भन्दा धेरै हो ।

Advertisement

आइतबार २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्यामा नेपालले चीनलाई उछिनेको हो।

चीनको नेशनल हेल्थ कमिसनका अनुसार अहिलेसम्म चीनमा ८५ हजार ४५० संक्रमित फेला परेका छन्। शनिबार चीनमा १६ नयाँ संक्रमित थपिएका छन्, थपिएका सबै विदेशबाट आएका मानिसहरु हुन्।

त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार ६३४ छ। यद्यपि चीनले आफ्नो तथ्यांकमा कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई भने संक्रमितको संख्यामा गणना गर्दैन।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार भने चीनमा अहिलेसम्म ९१ हजार १२१ संक्रमित फेला परेका छन् भने चार हजार ७४६ जनाको मृत्यु भएको छ। डब्ल्यूएचओको तथ्यांकमा हङकङ, ताइवान, मकाउको तथ्यांक पनि चीनमा नै समावेश छ।

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए। चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट विश्व आक्रान्त बनेको छ।

More News last news
Loading...