नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको जानकारी दिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।

Advertisement

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२ सय ५३ जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ।

त्यस्तै एकैदिन १ हजार ३२९ जनाले कोरोनालाई जितेका छन् । यो सँगै अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ।

More News last news
Loading...