काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ।
आइतबार दिउँसो ४ बजेलाई बोलाइएको बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
श्रेष्ठले अर्का सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए।
शनिबारका लागि तोकिएको बैठक आज सारिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चारसहित ६५ जना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि बैठक स्थगित गरिएको बुझिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
