यी ६ खाना जसले बनाउँछ बालबालिकाको दिमागलाई तेज, खुवाएर विचार गर्नुहोस्

काठमाडौँ । परीक्षाका क्रममा बालबालिका र आमाबुवालाई प्रयाः एउटै कुराले तनाव दिन्छ। यस्तो आज हामीले तपाईंहरूलाई यस्ता ६ चिजका बारेका बताउँछौँ जसले बालबालिकाको दिमाग तेज गर्न मद्त गर्ने छ। यी चिजले उनीको मन पनि शान्त हुन्छ र मस्तिस्क पनि तेज बन्छ।

ड्राइफुड
काजुमा रहेको भिटामिन बि, फलिक एसिड र भिटामिन इले दिमागको विकास गर्छ। स्मरणशक्ति पनि बढ्छ र शरीर पनि तन्दुरुस्त रहन्छ। त्यस्तै ओखरलाई त ब्रेन फुड भन्ने गरिन्छ। दैनिक थोरैमात्रामा ओखर खुवाउँदा बिर्सिने बानीमा सुधार आउँछ। बदामले पनि दिमागलाई तेज गर्न मद्दत गर्छ।

Advertisement

दही
दहीमा भरपूरमात्रामा प्रोटिन, म्याग्नेशियम हुन्छ। जसले मस्तिस्कलाई शितलता प्रदान गर्ने र स्मरण शक्तिलाई तीव्रता दिन मद्दत गर्छ।

डार्क चक्लेट
डार्क चक्लेटले एकाग्रता बढाउनेमा सहयोग गर्छ। यसमा समावेश रहेका तत्त्वले तनाव कम गरी मुडलाई सही राख्न मद्दत गर्छ।

ग्रीन टी
ग्रीन टी मस्तिस्कलाई मजबुद बनाउँछ। ग्रीन टीमा रहेको अमिनो एसिडले दिमागलाई चिन्तामुक्त बनाएर एकाग्रता कामय गर्छ।

माछा
फिसमा रहेको ओमेगा ३ फ्याटी एसिडले स्मरण शक्तिलाई तेज बनाउनुका साथै मूडलाई पनि राम्रो बनाउँछ। प्रत्येक दिन माछा खानाले यसको प्रभाव अत्यान्त राम्रो देखिन्छ।

ओलिभ आयल
ओलिभ आयलमा भिटामिन इको मात्रा धेरै पाइन्छ। यसले स्मरण शक्तिलाई सही राख्न मद्दत गर्छ। भिटामिन के र प्रोटिनले स्मरण शक्तिलाई बढाउँछ। यसले पनि दिमागमा हुने तनावलाई कम गर्छ।

More News last news
Loading...