भारतमा शनिबार थपिए ७५ हजार बढी कोरोना संक्रमित

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ४७९ जनामा संक्रमण देखिएको छ।

Advertisement

योसँगै भारतमा संक्रमितको संख्या ६५ लाख ४७ हजार ४१३ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ६ हजार ७३२ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ३८ हजार ८६९ जनाको उपचार भइरहेको छ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १ हजार ८१२ पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ थप ९३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

More News last news
Loading...