हाम्रा शरीरका कतिपय भागमा छोइरहदा संक्रमण हुने खतरा हुन्छ । यसले विभिन्न थरीको रोग पैदा गराउँछ तर सावधानी अपनाउने अनि हातलाई सफा राखिरहने हो भने यस समस्याबाट बच्न सकिन्छ ।
१. काखी
पसिनाका कारणले हाम्रो काखीमा विभिन्न ब्याक्टेरियाहरु बसेका हुन्छन् । त्यसकारण यसलाई बारम्बार छोइरह्यो भने हातमार्फत ती ब्याक्टेरिया शरीरका अन्य भागमा पनि फैलन्छन् । यसले संक्रमण हुने खतरा हुन्छ ।
२. मुख
मानिसको शरीरको सबैभन्दा फोहोर अङ्ग मुखलाई मानिन्छ । त्यहाँ सबैभन्दा बढि ब्याक्टेरिया हुन्छन् । अनुसन्धानका अनुसार हाम्रो मुखमा ६०० किसिमका ब्याक्टेरियाहरुले घर बनाएका हुन्छन् । त्यसैले यो हाम्रो शरीरको सबैभन्दा फोहोर अङ्ग मुख हो ।
३. आँखा
कतिपय मानिसहरुको आँखा मिचिरहने बानी हुन्छ । तर त्यसो गर्दा हातका किटाणु आँखामा गएर विभिन्न रोग लाग्न र संक्रमण हुन सक्छन् । त्यसैले आँखामा हात लगाइरहनु हुँदैन ।
४. अनुहार
दिनभर अनुहारलाई बारम्बार छोइरहँदा हातका सबै ब्याक्टेरिया, फोहार र चिल्लो अनुहारमा जम्मा हुन थाल्छन् । यसका कारण पिम्पलको समस्या सुरू हुन थाल्छ र संक्रमण हुने खतरा पनि हुन्छ ।
५. कान
कानलाई जे चिज पायो त्यसैले सफा गर्नु हुँदैन । अन्य वस्तुमा किटाणु हुन सक्ने भएकाले एयर बडले मात्र सफा गर्नुपर्छ । त्यस्तै कानलाई चलाइरहने गर्दा पनि संक्रमण हुने, चिलाउने अनि रातो हुने समस्या हुन सक्छ ।
६. मुख
हातका औँलाले बारम्बार मुख वा ओठमा छोइरहने गर्दा हातका सबै किटाणु मुखमा पुग्छन् । यसले भाइरल संक्रमणको खतरा बढाउँछ ।
७.नाक
नाक सफा गर्न कतिपय मानिसहरु औँलाको प्रयोग गर्ने गर्छन् । यसो गर्नाले नाकका सबै ब्याक्टेरिया हातमा सर्छन् । त्यसपछि हातबाट शरीरका अन्य भागमा फैलिएर संक्रमण गराउँछन् । यसका साथै यसले नाकमा पनि असर पुर्याउँछ । त्यसो गरिरहने मनिसको नाकको प्वाल ठूलो हुन सक्छ ।
८. टाउको
यदि तपाईको कपालमा चाया परेको छ भने यसको मुख्य कारण टाउकोमा हुने ब्याक्टेरियाहरु नै हुन् । जब ती ब्याक्टेरियाहरु चायासँग मिल्छन् त्यसपछि तपाईको टाउको चिलाउने समस्या हुन्छ । त्यसैले हामीले कपाललाई निरन्तर धुने र सफा राख्ने गर्नुपर्छ ।
९. जिब्रो
चिकित्सकहरुले हाम्रो जिब्रोको रङ्ग हेरेरै हामीलाई के(कति रोग लागेको छ भन्ने पत्ता लगाउन सक्छन् । त्यसैले हामीले दैनिक टङ क्लिनरले जिब्रो सफा गर्ने बानी बसाल्नुपर्छ ।
१०.मलद्वार
हाम्रो पाचन प्रणालीका क्रममा धेरै ब्याक्टेरियाहरु उत्पन्न हुन्छन् । जब हाम्रो शरीरबाट फोहार निस्किन्छ तब हाम्रो मलद्वारमा विभिन्न ब्याक्टेरियाहरु रहिरहन्छन् । त्यसैले हरेकपटक पिसाब फेरेपछि र दिशा गरिसकेपछि हामीले यसको सफाइमा विशेष ध्यान दिनुपर्छ ।
११. नङ
नङ र त्यस भित्रको छालामा विभिन्न किसिमका ब्याक्टेरियाहरु बसेका हुन्छन् । त्यस्ता ब्याक्टेरियाहरु निकै खतरनाक सावित हुन सक्छन् र यसकारण विभिन्न रोग लागेर हाम्रो मृत्यु पनि हुन सक्छ । नङको मुनिपट्टी ब्याक्टेरियाहरु चाँडै सक्रिय हुने गर्छन् ।
१२. नाइटो
नाइटोको सफाइमा कतिपय मानिसहरु पर्याप्त ध्यान दिँदैनन् । तर नाइटोलाई पनि नियमित सफा गर्ने बानी गर्नुपर्छ किनकी त्यहाँ असङ्ख्य ब्याक्टेरियाहरु बसेका हुन्छन् र पछि गएर यसले विभिन्न रोगहरु निम्त्याउँछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
