प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिर्पोट आयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

बालुवाटार स्रोतका अनुसार बुधबार प्रधानमन्त्रीको स्वाब परीक्षणका लागि दिइएकोमा रिपोर्ट नेगेटिभ आएको हो।

Advertisement

प्रधानमन्त्रीका राजनीति, परराष्ट्र तथा प्रेस सल्लाहकारका साथै स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा सर्वसाधारणमा चासो बढेको छ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा खटिएका सुरक्षाकर्मीसहित एक सय पचास जनाको कोरोना परीक्षण गरिएकोमा १५ जनाभन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

सुरक्षाकर्मीमा कोरोना पुष्टि भएसँगै ट्रेसिङमा परेका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहका सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराइ तथा स्वकीय सचिव इन्द्र भण्डारीको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

ट्रेसिङमै परेका प्रधानमन्त्रीमा भने नेगेटिभ रिपोर्ट देखिएको छ ।

More News last news
Loading...