काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १२० जना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ।
त्यस्तै एकैदिन २ हजार ४४ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ।
अहिले २१ हजार ३०२ जनामा सक्रिय संक्रमण छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
