अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन्। हिजो दिउँसो कोरोना पुष्टि भएपछि उनलाई २४ घण्टा नबित्दै अस्पताल भर्ना गरिएको हो ।

ह्वाइट हाउसले विज्ञप्ती निकालेर स्वास्थ्य सावधानीका लागि उनलाई वाल्टर रीड नेश्नल मिलिट्री मेडिकल सेन्टरमा राख्ने तयारी गरिएको जानकारी दिएको थियो।

Advertisement

विज्ञप्ती लगत्तै उनलाई अस्पताल लगिएको स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ। कोरोना सङ्क्रमण पुष्टि भएका ट्रम्पमा लक्षण देखिन थालेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

उनलाई हल्का ज्वरो आउँनुका साथै थकान पनि धेरै महसुस हुन थालेको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उनलाई कोरोना पुष्टि भएको हो । उनले दोस्रो कार्यकालका लागि राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने तय भएको छ।

More News last news
Loading...