काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय महामन्त्री मनोज वैद्यले निःशुल्क मास्क वितरण अभियानको थालनी गरेका छन्।
काठमाडौंडौँमा तीव्र रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई मध्येनजर गरी ४ लाख ५० हजार मास्क निःशुल्क बितरण अभियान शुक्रबारबाट सुरु गरिएको हो।
नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्व प्रकाश शर्माको हातबाट नयाँ बानेश्वरमा निःशुल्क मास्क वितरण अभियानको थालनी गरिएको हो।
सरकारलाई प्रश्नका साथै नागरिकलाई सक्दो सहयोगसँगै सचेतना फैलाउँदै जानपर्नेमा प्रवक्ता शर्माले जोडका दिए। उनले महामन्त्री वैद्यद्वारा थालिएको निःशुल्क मास्क वितरण अभियानको प्रसंशा पनि गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
