काठमाडौँ । सबै मातापिता बच्चाको स्सवास्थ्यका बारेमा चिन्तित हुने गर्दछन्। प्रया बच्चाहरु खाना खानमा त्यती मन गर्दैनन्। त्यसैले पनि धेरै आमा बाबुलाई थाहा हुँदैन् की उनीहरुको स्वास्थ्यको ख्याल कसरी गर्ने ।
आज हामी केही यस्ता आहाराका बारेमा जानकारी दिदैछौँ। जुन चीज बच्चाको खानामा अवश्य सामिल गर्नुहोस्।
१) यदी तपाईको बच्चाको उमेर ५ वर्षभन्दा बढी छ भने तपाईले बच्चाको खानामा क्यालोरी युक्त आहारा शामिल गर्नुहोस्।
यस उमेरमा खेल्नेका साथसाथ पढाइ पनि निकै जरुरी हुने गर्दछ। स्वस्थ्य क्यालोरीका लागि आफ्नो बच्चालाई दूध, मसिनो बनाइएको अनाज, फल र तरकारी खुवाउनुहोस्।
२) बच्चाको मांसपेशी र हड्डी बलियो बनाउनका लागि प्रोटीन युक्त खाने कुरा खुवाउनु होस्। यसका लागि बच्चालाई केरा, दूध, अण्डा, माछामासु जस्ता प्रोटीन युक्त चीजको सेवन गराउनुहोस्।
३) भिटामिन र मिनरल्स स्वास्थ शरीरका लागि निकै आवश्यक हुने गर्दछ। शरीरमा मिनरल्स र भिटामिनको कमी हुँदा शरीरमा इम्युनिटी पावर कमजोर हुने गर्दछ।
जसका कारण तपाईको बच्चा चाडै बिरामी हुने समस्या हुने गर्दछ। यसको कमी पुरा गर्नका लागि तपाईले आफ्नो बच्चालाई हरियो पत्तेदार तरकारी, फलफूल, कन्दमुल, ड्राई फ्रुट्स खुवाउनुहोस्।
४) बच्चाका लागि तरल
बच्चाका लागि तरल पदार्थको सेवन निकै जरुरत हुने गर्दछ। तरल पदार्थको सेवन गर्दा शरीरमा रहेका विषक्त तत्व बाहिर निस्किके गर्दछन्।
यस बाहेक फाइवर युक्त आहार बच्चाको शरीरका लागि निकै आवश्यक हुने गर्दछ। मौसमी फल, अंगूर, अनार जस्ता खाने कुरा बच्चाको स्वास्थ्यका लागि निकै फाइदाजनक हुने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
