काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन्।
त्यस्तै छिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार ७२२ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ।
त्यस्तै एकैदिन ३ हजार ३०७ जनाले कोरोनालाई जितेका छन् । देशभर अहिले २१ हजार २३४ जनामा सक्रिय संक्रमण छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
