काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरुद्ध परेको रिटलाई फेरि पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
सुनुवाइका केही प्रक्रिया अझै बाँकी नै रहेकोले शुक्रबार पनि गौतमको मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।
गौतमसँग सम्बन्धित रिटमा अब बुधबार मात्रै सर्वोच्चमा सुनुवाइ हुने भएको छ। शुक्रबार दुई सरकारी वकिल र वामदेव पक्षका केही कानुन व्यवसायीले बहस गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
