काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ।
आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति हो।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड आज बिहान १० बजे बालुवाटार पुगेका थिए। उनीहरूबीच करीब एक घण्टा कुराकानी भएको थियो।
सरकारले बिहीबार युवराज खतिवडालाई राजदूतमा सिफारिस गर्ने र शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने लगायतका निर्णयमा पार्टीभित्र छलफल नगरेको भन्दै विरोध बढेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
