डा. केसीलाई भेट्न अस्पताल पुगे पूर्व राष्ट्रपति यादव 

काठमाडौँ । पूर्व राष्ट्रपति रामवरण यादवले त्रिवि शिक्षण अस्पतालमा पुगेर अनशनरत डाक्टर गोविन्द केसीलाई भेटेका छन्। शुक्रबार दिउँसो शिक्षण अस्पताल पुगेर उनले केसीलाई भेटेका हुन्। 

उनले डा. केसीलाई भेटे्दै देशका लागि यस्ता अभियन्ता चाहिने बताएका छन्। उनले आमजनताको मागलाई केसीले बोकेको भन्दै उनका मागबारेमा गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन्। 

Advertisement

डाक्टरको केसीको स्वास्थ्यबारेमा चिन्ता गर्दै उनले यसबारेमा सबैलाई गम्भीर हुन अपिल गरे। उनले केसीको उपचारमा गम्भीरतापूर्वक लाग्‍न पनि चिकित्सकलाई आग्रह गरे।  

उनले चिकित्सकहरुलाई डाक्टर केसी राष्ट्रको अमूल्य सम्पत्ति भएकाले बचाउन अपिल गरेका छन्। 

More News last news
Loading...