रसुवागढी नाकामा कार्यरत नेपाली कामदारको पीसीआर पनि चिनियाँ पक्षले गरिदिने

रसुवा । रसुवागढी नाकामा कार्यरत नेपाली कामदारको पीसीआर परीक्षण चिनियाँ पक्षले नै गरिदिने भएको छ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ पक्षले नाकामा कार्यरत कामदार तथा चालकको ७–७ दिनमा पीसीआर परीक्षण गर्ने भएको हो।

Advertisement

नाकामा अहिले चालक र कामदार गरी ४९ जना नेपाली कार्यरत छन्। सुरुमा चिनियाँ पक्षले नेपाललाई पीसीआर परीक्षण गर्न आग्रह गरेको थियो।

नेपाली पक्षले प्रत्येक हप्ता पीसीआर गर्न सम्भव नभएको बताएपछि चीनले नै पीसीआर गरिदिने बताएको रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।

रसुवागढी नाकाबाट हिजोदेखि सामग्री आयात सुरु भएको छ।

चिनियाँ पक्षले नाकाभन्दा ५ सय मिटर पर गएको पहिरो हटाएर नाका सञ्चालनमा ल्याएको हो।

नाकाबाट हिजो एक गाडी रोल कपडा र नेपालले बिक्रीका लागि किनेको १४ वटा माइक्रोबस भित्रिएको थियो।

More News last news
Loading...