पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प

पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ ।

स्थानीय समयअनुसार बिहीबार बेलुका ४.४६ बजे यति ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन्।

Advertisement

पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ।

भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको समाचारमा जनाएको छ।

अत्याधिक धेरै भूकम्प गइरहने भएकाले पपुवा न्यूगिनीलाई “रिङ अफ फायर” पनि भन्ने गरिन्छ।

More News last news
Loading...