मुम्बईको रेल स्टेशन नजिककैको बजारमा आगलागी

काठमाडौँ । मुम्बईको चेम्बुर रेलवे स्टेशन नजिकको एक बजारमा आगलागी भएको छ।

आगलागीका कारण स्थानीय त्रसित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Advertisement

भारतीय मिडियाका अनुसार, आगलागीको कारण र आगोले पुर्याएको क्षतिको विवरण भने खुल्न बाँकी छ । घटनास्थलमा अग्निनियन्त्रकको टोली, प्रहरी र स्थानीयवासी आगो निभाउन लागि परेका छन् ।

यसअघि सन् २०१८ मा पनि चेम्बुरको एक हाउजिङमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको थियो।

More News last news
Loading...