आज कोरोना संक्रमणबाट थप १० जना को मृत्यु (विवरणसहित)

काठमाडौँ । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ४ सय ९१ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ। आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ३ महिला र ७ पुरुष छन्। संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६४ प्रतिशत हो ।

Advertisement

आज मृत्यु हुनेहरुमा ५ जना वृद्धवृद्धा छन्। आज काठमाडौँ उपत्यकामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृतकको विवरण

१) मोरङका ६८ वर्षीय पुरुष
२) सर्लाहीका ७२ वर्षीय महिला
३) महोत्तरीका ५८ वर्षीय पुरुष
४) काठमाडौँका ६० वर्षीया महिला
५) काठमाडौँका ५७ वर्षीय महिला
६) काठमाडौँका ७० वर्षीय पुरुष
७) चितवनका ५५ वर्षीय पुरुष
८) बाकेका ८६ वर्षीय महिला
९) बाकेका ५३ वर्षीय पुरुष
१०) बाकेका ३९ वर्षीय पुरुष

More News last news
Loading...