असोज १९ गतेदेखि तातोपानी नाका खुल्दै, नेपाल र चिनियाँ अधिकारीबीच सहमति

काठमाडौँ । नेपाल चीनको महत्त्वपूर्ण मध्यको एक तातोपानी नाका आगामी असोज १९ गतेदेखि खुला हुने भएको छ।

नेपाली र चिनियाँ पक्षबीच मंगलबार मितेरी पूलमा भएको द्वीपक्षीय बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो।

Advertisement

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले यहि असोज १९ गते (अक्टोबर ५ तारिख) देखि नाका सूचारु नयाँ पुस्ता डटकमलाई बताए।

ढकालले भने, “असोज १८ गतेसम्म आवश्यक सबै तयारी पूरा गर्ने र १९ गतेबाट स्वास्थ्यका सबै प्रक्रिया पूरा गरेर नाका सुचारु गर्ने निर्णय भएको छ।”

उनका अनुसार, सीमामा सामान लोड तथा अनलोड गर्नेसहित सम्बन्धितको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ।

मंगलबार भएको छलफलमा नेपाल र चीनपक्षको दुई पक्षीय बैठकमा चीनतर्फको ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोली र प्रमुख जिल्ला अधिकारी ढकालसहितका अधिकारीहरु सहभागी भएका थिए।

लामो समयदेखि नाका बन्द हुँदा व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा सामान थन्केको ६ महिना बितेको छ।

नेपालतर्फ पहिरो खसेका कारण असार २४ गतेदेखि नेपालकै आग्रहमा तातोपानी नाका बन्द गरिएको थियो।

More News last news
Loading...