काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (मंगलबार) कोरोना संक्रमित ह्वात्तै बढेका छन्। आज उपत्यकामा मात्रै ९३४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
संक्रमित हुनेहरुमा काठमाडौँमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको छ।
सोमबार, उपत्यकामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने आइतबार ६३३ जना संक्रमित थपिएका थिए।
यसैबीच बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ। मृतकमा ३ महिला र ७ पुरुष रहेको उनले बताए।
योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४९१ पुगेको छ भने पछिल्लो २४ घण्टामा मात्रै ७३१ जना संक्रमणमुक्त भएका छन्। हालसम्म देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
