काठमाडौँ । बागमती प्रदेशसभाकी सदस्य मुनु सिग्देललाई कोरोनाभाइरस संक्रमण भएको छ।
नेकपा मकवानपुरकी अध्यक्षसमेत रहेकी सिग्देललाई ललितपुरको विध ल्याबमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो। उनी पूर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा हुन्।
उनी अहिले काठमाडौंस्थित घरमा होम आइसोलेसनमा बसेकी छन्। सिग्देल असोज ५ गते निजी सवारी साधनमा काठमाडौं आएकी थिइन्।
उनका श्रीमान् विरोध खतिवडा प्रतिनिधि सभा सांसद हुन् भने छोरी श्रृंखला खतिवडा पूर्वमिस नेपाल हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
