काठमाडौँ । कलेजो शरीरको एउटा निकै महत्वपुर्ण अंग हो । यसले हामीलाई खाना पचाउन निकै मद्धत गर्छ । त्यसका साथै रगत सफा गर्न पनि यसको ठुलो भूमिका खेल्ने गर्छ । हाम्रो दैनिक खानपानले सबैभन्दा बडी असर कलेजोमा छिट्टै हुन्छ । जसले गर्दा हाम्रो कलेजो कम्जोर हुने गर्छ ।
कलेजो कम्जोर भयो भने हाम्रो पाचन पक्रियामा समस्या आउँछ । यसले गर्दा पुरै स्वास्थ्यलाई नै हानी पुग्छ । यसले हाम्रो हर्मोनलाई असन्तुलन बनाइ दिन्छ । त्यसैले कलेजो स्वास्थ्य राख्नको लागी सधैं खानपानमा ध्यान दिनुपर्छ । हामीले दैनिक खाने केही खानाले हाम्रो कलेजोलाई सफा राख्ने गर्छन् । यदि तपाई आफ्नो कलेजोलाई स्वास्थ्य राख्न चाहनुहुन्छ भने यस्ता खानामा बडी ध्यान दिनुहोस ।
कलेजोलाई स्वास्थ्य राख्ने खानाहरु यस्ता छन्
१. लसुन : लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ ।
२. दालचिनी : यसमा ग्लूकोज र फक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।
३. चुकन्दर : यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ ।
४. कागति : कागतिमा साइट्रिक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।
५. आलुबखडा : आलु बखडामा रहेको एन्टिअक्सिडेन्ट प्रिm रेडकल्सले कलेजोलाई रक्षा गर्छ ।
६. ओखर: ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ ।
७ .अदुवा : अदुवामा एन्टि इन्फ्लेमेटरी र एन्टिमाइक्रोवियल गुण हुन्छ, जसले कलेजोलाई सुन्निन दिदैन ।
८. बेसार: बेसारमा करक्यूमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सहि राख्न मद्दत गर्छ ।
९. स्याउ : स्याउमा पेक्टिन र फ्लेवोनाइड्स हुन्छ, जसले कलेजोमा रहेको टक्सिन हटाउँछ ।
१०. बन्दागोभी : बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
