काठमाडौँ । धेरै ब्यक्तिहरुको बानी हुन्छ पिसाब आएजस्तो महशुस भए पनि लामो समय रोकिराख्ने । कहिले कहिं हामी गरिराखेको काम सिध्याउने ध्याउन्नमा पिसाब फेर्न भुल्छौ ।
कहिले अन्य विभिन्न व्यस्तताका कारण पनि रोकिन्छ भने कहिले आफ्नै अल्छीपनाले लामो समय पिसाब रोकेर बसिन्छ ।
के तपाईँको पनि यस्तै आदत छ ? सावधान ! चिकित्सकहरुका अनुसार यसरी लामो समय पिसाव रोक्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले शरीरमा गम्भिर खालको स्वास्थ्य समस्या समेत ल्याउन सक्छ।
यहाँ हामीले चिकित्सकले उल्लेख गरेका अनलाइन विवरणहरुका आधारमा लामो समय पिसाब रोक्दा स्वास्थ्यमा हुन सक्ने खतराहरुका बारेमा चर्चा गर्दैछौँ।
लामो समय पिसाब रोक्नालो युरिनरी ब्लेडर, किड्नी अथवा पिसाब नलीमा पोल्ने वा चिलाउने समस्या आउन सक्छ। किड्नीका लागि पनि धेरै हानिकारक छ।
किड्नीको कार्य प्रणालीमा बाधा हुन सक्छ भने किड्नीको कार्यक्षमता समेत प्रभाबित हुन्छ । यसले किड्नी पत्थरी वा किड्नी संक्रमण हुनसक्ने चिकित्सकहरु बताउँछन्।
शरीरको अशुद्धिहरु वा बिकार तत्वहरु पिसाबका माध्यमबाट बाहिर निस्किन्छ । तर यदि समयमा मुत्र त्याग नगर्ने हो भने शरीरमा बिभिन्न संक्रमण हुनसक्ने खतरा पनि बढेर जान्छ । यसका सागै किड्नीका पनि असर पर्छ ।
लामो समय पिसाब रोक्नाले यूरिनरी ट्रेक्ट इन्फेक्सन या मुत्रनली संक्रमण हुन सक्ने खतरा पनि बढेर जान्छ। यसले तपाईँको स्वास्थ्यमा नराम्रो असर गरिरहेको हुन्छ ।
यसका साथै ब्लेडरमा चिलाउने खतरा बढेर जान्छ भने पिसाब गर्ने बेला समेत पोल्ने वा दुख्ने समस्या पनि हुनसक्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
