थाहा छ ? कम्युटर र मोबाइलको प्रकाशले तपाईलाई चाडै बनाउँछ बुढ्यौली

काठमाडौँ । कम्प्युटर वा फोनको स्क्रीनबाट आउने नीलो प्रकाशले हाम्रो शरीरको घडीलाई प्रभाव पार्ने कुरो वैज्ञानिकहरुले पत्ता लगाएको केही समय भइसकेको छ । तर नयाँ अध्ययनले यसले बुढ्यौली लाग्ने प्रक्रियालाई पनि प्रभाव पार्ने देखाएको छ ।

मानिसहरु लामो समय बाँच्ने भएकोले वैज्ञानिकहरुले यो अध्ययन फलफूलमा लाग्ने भुसुनामाथि गरेका हुन् ।

Advertisement

स्क्रीनबाट निस्कने जस्तै नीलो प्रकाशसँग साक्षात्कार गरेका भुसुनाको आयु अरु भुसुनाको भन्दा उल्लेख्य रुपमा घटेको पाइयो।

नीलो प्रकाशले जीनमा तनावको प्रतिक्रियालाई उत्तेजित पारिदिने अनुमान वैज्ञानिकहरुको छ ।

नीलो प्रकाशको असरबारे पुराना अध्ययनको निष्कर्ष ठीक भएको यसले देखाएको छ ।

सबैभन्दा चिन्ताको विषय के हो भने नीलो प्रकाश कम्प्युटर वा फोनका सामान्यतया निस्किन्छ ।

यो अध्ययन गर्ने वैज्ञानिकहरुले नीलो प्रकाशको मानवमा पर्ने प्रभावबारे अध्ययन गर्नुपर्ने बताएका छन् ।

More News last news
Loading...