राष्ट्रपतिद्वारा तेजाबसम्बन्धी अध्यादेश जारी

अब २० वर्ष जेल र १० लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तेजाबलगायत विषयका तीन अध्यादेश जारी गरेकी छन्।

राष्ट्रपति भण्डारीले सोमबार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) सहित तीन अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जनाएका छन्।

Advertisement

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको थियो।

तेजाबसम्बन्धी कसुरमा २० वर्षसम्म सजाय र दश लाखसम्म जरिवाना

राट्रपतिद्वारा अध्यादेश जारी भएसँगै अब नेपालमा तेजाबसम्बन्धी कसुर लागेका व्यक्तिलाई २० वर्षसम्म सजाय र दश लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ।

त्यस्तै, अध्यादेशमा आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने पनि व्यवस्था छ।

आक्रमणकारीले संवेदनशील अंगहरु, अनुहार, आँखा, नाक, कान, घाँटी लगायतका अंगमा क्षति पुर्‍याइएमा २० वर्षसम्म कैद सजाय हुन सक्ने छ।

अब शरीरका अन्य अङ्गमा परे मात्रै पनि १० वर्षको कैद सजाय हुने छ भने तेजाब बिक्री बितरण गर्न अब सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिनुपर्ने छ। जसको वर्षैपिच्छे लाइसेन्स बिक्री इजाजत अध्यावधिक गर्नुपर्ने छ।

More News last news
Loading...