प्रेसर लो भयो ? अपनाउनुस् यी घरेलु उपाय

काठमाडौँ । रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अंगमा हानि पुर्‍याउन सक्छ। प्रेसर लो भएको महसुस भएमा के गर्ने ? अपनाउनुस् यी उपायः

नुनपानी खाने
नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ। प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ।

Advertisement

कफी
ब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर सन्तुलनमा आउँछ। यदि सधैं प्रेसर लो भइरहन्छ भने हरेक बिहान एक कप कफी खाने गर्नुपर्छ । तर, कफीसँगै केही खानेकुरा खान भुल्नु हुँदैन।

किसमिस
प्रेसर लो भएमा किसमिस खानु पनि लाभदायक हुन्छ । प्रेसर लो भइरहन्छ भने राति केही किसमिस भिजाएर भोलिपल्ट बिहान भिजेको किसमिस र त्यसको पानी खाने गर्नुपर्छ।

तुलसी
तुलसीमा भिटामिन-सी, पोटासियम, म्याग्नेसियमजस्ता तत्व पाइन्छन्। प्रेसर लो भएमा १०-१५ वटा तुलसीका पत्ता जुसमा हालेर त्यसमा एक चम्चा मह हाली पिउने गर्नुपर्छ।

कागती पानी
कागती पानीले उच्च र न्यून रक्तचाप दुवैमा लाभ गर्छ । प्रेसर लो भएमा कागती पानीमा अलिकति नुन र चिनी हालेर पिउनुपर्छ।

More News last news
Loading...