काठमाडौँ उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरी कुल ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ।

Advertisement

यस्तै, पछिल्लो २४ घण्टामा उपत्यकासहित देशभर थपिएका कुल संक्रमित भने १ हजार ३५१ जना रहेका छन् ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिए ।

More News last news
Loading...