नेपालमा आज थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १ हजार ३५१ जनामा केरोना संक्रमण पुष्टि भएको जानकारी दिए । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ।

Advertisement

त्यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन्। उनका अनुसार पछिल्लो २४ घण्टामा थप ७४२ जना निको भएका छन् योसँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको गौतमले बताए । यस्तै आज १० हजार ८० जनाको पीसीआर भएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँ ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरी कुल ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै देशभर कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...