काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ४ जनाको ज्यान गएको पुष्टि गरेको हो। यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ संक्रमित थपिएका छन्। यो सँगै अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जनाले कोरोनालाई जितेका छन्। यो सँगै नेपालमा अहिलेसम्म निको हुने कोरोना संक्रमितको संख्या ५४ हजार ६४० पुगेको छ।
अहिले सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
