पोर्चुगलमा कोरोनाको दोश्रो लहर शुरु, अस्पताल भर्ना हुने संक्रमित बढे

लिस्बन । पोर्चुगलमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोश्रो लहर शुरु भएको विज्ञहरुले बताएका छन्।

कोरोना संक्रमितहरुको लगातार वृद्धिसँगै अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि वृद्धि भएको छ।

Advertisement

कोरोना संक्रमणका कारण गम्भीर भएका ६३५ जना संक्रमितहरुको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ।

यो संख्या अघिल्लो दिनको तुलनामा २० ले बढी हो। अस्पताल भर्ना भएकाहरुमध्ये ८९ जनाको अवस्था चिन्ताजनक रहेको छ।

पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा ६६५ जनामा संक्रमण पुष्टि भएसँगै पोर्चुगलमा कुल संक्रमितहरुको संख्या ७३ हजार ६०४ पुगेको छ।

आज मात्रै कोरोनाका कारण मृत्यु भएका ९ जनामध्ये ५ जनाको लिस्बनमा, २ जना उत्तरीक्षेत्रमा र बाँकी २ जना मध्यक्षेत्रका हुन्।

हालसम्म पोर्चुगलमा एक हजार ९५३ जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन्।

संक्रमित मध्ये पछिल्लो २४ घण्टामा २६७ जना संक्रमित कोरोनामुक्त भएका छन्।

यो सँगै हालसम्म निको हुनेको संख्या ४७ हजार ६४७ पुगेको छ।

More News last news
Loading...