बसको ठक्करबाट स्कुटरमा सवार एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु

कलैया । बसले स्कुटीलाई ठक्कर दिँदा आज साँझ तीन जनाको घटनास्थलमा ज्यान गएको छ।

आज साँझ ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका १ पूर्वपश्चिम सडकखण्डको दुधौरा पुलबाट दुई सय मिटरपूर्व सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश नं२९०३०००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार चालक निजगढ नगरपालिका-१० लाल बस्ने २६ वर्षीय तीर्थमान स्याङ्तान, निजकै श्रीमती २३ वर्षीया ज्योति र एक वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

Advertisement

बस चालक फरार भएको र निजको खोजतलास भइरहेको छ। दुवै सवारी प्रहरी नियन्त्रणमा छन्।

More News last news
Loading...