काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसले विश्व आक्रान्त छ । विश्वाका हरेक क्षेत्रमा यस्को असर परिरहेको छ। जसको असर नेपाल पनि अलग रहन सकेको छैन।
करिब ६ महिना सम्म पटक पटक गर्दै लागू गरिएको लकडाउन र निषेधाज्ञाले देशको हरेक क्षेत्रमा असर पुर्याएको छ। यसले नेपालको सांगीतिक क्षेत्र पनि अछुतो हुने कुरै भएन।
यहि बरिवेशमा पछिल्लो समयमा नेपाली गायनका बादशाह राजेश पायल राइको स्वरमा रहेको गीत बजारमा आएको छ।
रमेशकुमार पौडेलको रचना र शान्तिराम राईको संगीतमा तयार भएको उक्त गीत किरण कृयशनबाट बजार ब्यबस्थापन गरिएको छ। गीत ‘संमृद्द नेपाल सुखी नेपाली’नामक एल्बममा समावेस छ।
बिगत लामो समयदेखी भारतले आफ्नो भनेर दाबी गरेको भुमि समावेश गरि नेपालले नयाँ नक्सा सार्बजनिक गरेको विषयलाई सुमधुर ढङ्गले प्रस्तुत गरिएको उक्त गीत मार्फत नेपाली कला क्षेत्रले एक प्रतिभावान कलाकार प्राप्त गरेको छ।
स्कुले विद्यार्थीको भुमिका निर्वाह गरेका बाल कलाकार बिजय डङ्गोलले भिडियोमा आफू भित्र रहेको कलालाई उत्कृष्ट रुपमा प्रस्तुत गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
