सम्झना विकको बलात्कारपछि हत्या गर्नेलाई कडा कारवाही गर्न नेविसंघको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बलात्कारपछि हत्या गर्नेलाई कडा कारवाही गर्न माग गरेको छ ।

बधुबार बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना विकको बलात्कारपछि हत्याको भन्दै नेविसंघले यसको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको हो।

Advertisement

आज एक विज्ञप्ति जारी गर्दै नेविसंघले निर्मला पन्तदेखि सम्झना विकसम्मका घटनाहरु हेर्दा केपी ओली नेतृत्वको सरकार बलात्कारीहरुको संरक्षण गर्न लागेको गम्भीर आरोप लगाएको हो।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक शासन व्यवस्था अँगालेको देशको सरकारको पहिलो कर्तव्य आम नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नु हो । तर निर्मला पन्तदेखि सम्झना वि.क. सम्मका घटनाहरु हेर्दा केपी ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनभन्दा सरकार आफैँ बलात्कारीहरुको संरक्षण गर्न लागेको देखिन्छ।”

‘नेविसंघले यस्ता घटना पुनः घटन नदिन र दलित समूदायमाथि हुने गरेका विभिन्न प्रकारका प्रताडना रोक्न विशेष र कडा कानुन बनाउन सरकार सॅग जोडदार माग गरेको छ । विगतमा जस्तै ओली सरकार यस्ता जघन्य किसिमका अपराधिक घटनामा पीडित पक्षलाई न्याय दिनुको सट्टा उल्टै अपराधीलाई बचाउन लागिरहेको नेविसंघको दाबी छ।’

नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा विगतमा जस्तै ओली सरकार यस्ता जघन्य किसिमका अपराधिक घटनामा पीडित पक्षलाई न्याय दिनुको सट्टा उल्टै अपराधीलाई बचाउन लागिरहन्छ भने अब सम्पूर्ण नेपाली यूवा हरु आन्दोलको आधिबेरी ल्याई भ्रष्ट र नालायक सरकारलाई सिंहदरबारबाट वहिर्गमन गर्न तयारी अवस्थामा रहेको चेतावनी पनि दिएको छ ।

‘हत्या र बलात्कारका घटना दोहोरिनु सरकारले अपराधीलाई संरक्षण गर्नुको परिणाम’

नेविसंघका महामन्त्री दीपक भट्टराइले सरकारले अपराधीलाई संरक्षण गरेका कारण देशमा हत्या र बलात्कारका घटना बढ्दै गएको आरोप लगाएका छन्।

महामन्त्री भट्टराइले नयाँ पुस्ता डटकमसँग कुरा गर्दै भने, “बुधबार बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको छ। यस्ता घटना यसअघि पनि धेरै भएका छन्। तर सरकारले अपराधीलाई कारवाही गर्नुको सट्टा झन् संरक्षण गर्दै जाँदा यस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गएका हुन् । हामी यसको घोर निन्दा गर्दै दोषीमाथि कडा कारवाहीको माग गर्दछौँ ।”

महामन्त्री भट्टराइले थपे ‘श्रृखंलावद्ध हत्या र बलात्कारको घटना दोहोरिनु यो भष्ट सरकारले अपराधीलाई संरक्षण गर्नुको परिणाम हो’  ।

 

More News last news
Loading...