युक्रेनमा वायु सेनाका प्रशिक्षार्थी बोकेको विमान दुर्घटना, २२ जनाको मृत्यु

काठमाडौँ । युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ।

वायु सेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ २६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको बीबीसीले जनाएको छ।

Advertisement

चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा अहिलेसम्म २२ जनाको शव भेटिएको छ भने दुई जना घाइतेको उद्धार गरिएको छ।

अझै पनि तीन जना हराइरहेका छन्। उनीहरुको खोजी भैरहेको छ। विमान दुर्घटनाको कारण भने खुलेको छैन।

More News last news
Loading...