काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ३ महिला र ३ पुरुष छन्। आज थपिएकासँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ।
संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६५ प्रतिशत हो। आज काठमाडौँ उपत्यकामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १४ सय ५५ जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
