काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १४ सय ५५ जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ।
यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १८ हजार २ सय ८९ जना छन् भने ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
